यस्तो छ लिटिलबुद्ध भनिने रामबहादुर बमजनले थुपारेको पैसाको थाक

बुधबार, पुस २५, २०८०

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार साँझ पक्राउ गरेका लिटिल बुद्ध भनिने रामबहादुर बमजनको घरमा नेपाली तीन करोड भन्दा बढी रकम र विदेशी मुद्रा फेला परेको थियो। 

bomjan-1704871878.jpg

जफत गरिएको उक्त रकम सीआईबीले पत्रकार सम्मेलनका क्रममा सार्वजनिक गरेको छ। यसबाहेक झन्डै दुई दर्जन मोबाइल, ल्यापटपलगायतका सामग्री समेत बरामद गरिएको थियो।

bomjan-1704871878.jpg

सर्लाहीकी बालिकालाई यौन दुराचार गरेको तथा विभिन्न अनुयायी गायब बनाएको आरोप लागेका बमजन लामो समयपछि प्रहरीको नियन्त्रणमा आएका हुन्। आजै उनलाई सर्लाही पठाइने सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यले बताएकी छन्। 

pic-2-1704871922.jpg

उनलाई छाड्ने दबाब दिनका लागि पूर्वराज्यमन्त्रीसहितका अनुयायी सीआईबी पुगेका थिए। सीआईबीले उक्त भिड हटाइसकेको छ। थप विवरण पत्रकार सम्मेलनमार्फत दिने क्रम जारी छ।
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्