आधुनिक फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्री बने गेब्रियल एटल 

मंगलबार, पुस २४, २०८०

एजेन्सी– फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल एटल नियुक्त भएका छन् ।

सोमबार एलिजाबेथ बोर्नको राजीनामा स्वीकृत भएसँगै आजबाट फ्रान्सको प्रधानमन्त्रीमा एटल नियुक्त भएका हुन् ।

फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । बोर्नको राजीनामा स्वीकृत गरेका फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले आफूपछिको राष्ट्रपतिको बलियो दाबेदार मानिएका एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनी आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनेका छन् । बीबीसीका अनुसार यसअघि सन् १९८४ मा ३७ वर्षका लरेन्ट फाबियस प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

एटल यसअघि शिक्षा मन्त्री थिए । फ्रान्सको संसदमा सकारात्मक प्रभाव पारिरहेका एटलले गठन गर्ने सरकारमा प्रभावकारी व्यक्तिहरू मन्त्रीमा छनोट हुन सक्ने फ्रान्सका सञ्चारमाध्यमले जनाएका छन् । नवनियुक्त प्रधानमन्त्री एटलले अब जुन महिनामा हुने महत्त्वपूर्ण युरोपेली संसदीय चुनावमा फ्रान्सेली सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाउनेछन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्