नेभिगेशन
समाज विविध

४ सय ज्येष्ठ नागरिकलाई कम्बलसहित सम्मान

कृष्णनगर– कपिलवस्तुको शिवराज नगरपालिका–६ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । 

वडामा बसोबास गर्दै आएका चार सय जना ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कम्बल वितरण गरिएको वडाअध्यक्ष माहेताब खाँले जानकारी दिए ।

वडास्तरीय रकमबाट यस वडाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको अध्यक्ष खाँले बताए। ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनले ज्येष्ठ नागरिकहरूको आशीर्वाद ग्रहण गर्ने प्रत्यास गरिएको बताए ।

वर्षमा एकपटक ज्येष्ठ नागरिकको आशीर्वाद लिने परम्पराको थालनी गरेको बताउँदै वडाअध्यक्ष खाँले यसबाट अझ ऊर्जाशील भएर काम गर्ने हौसला प्राप्त हुने विश्वास व्यक्त गरे।

सम्मानित ज्येष्ठ नागरिक तथा पूर्ववडाध्यक्ष सन्त्रीप्रसाद कुर्मीले ज्येष्ठ नागरिकलाई माया गरेर यसरी सम्मान गरिएकामा धन्यवाद दिए। उनले आगामी वर्षमा यस्तै रचनात्मक कार्यक्रमबाट ज्येष्ठ नागरिकलाई खुशी पार्न सुझाव दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध