नेभिगेशन
अर्थ विविध
डेडिकेटेड  र ट्रङ्क लाइन विवाद

रिलायन्स मिल्सले किस्तामा १ अर्ब ७१ करोड ३१ लाख तिरेमात्रै बिजुली जोडिने : अदालत

सुनसरी– जिल्ला अदालत सुनसरीले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडमा बिजुलीको लाइन काट्ने निर्णयविरुद्ध अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ ।

आज आइतवार जिल्ला अदालत सुनसरीका न्यायाधीश टेकबहादुर कार्कीको इजलासले बक्यौता रकम एक अर्ब ७१ करोड ३१ लाख रुपैयाँ नतिरेकैले प्राधिकरणले बिजुली काटिदिएको ठहर गर्दै अन्तरकालीन आदेश दिन अस्वीकार गरेको हो ।

विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेबापत मिल्सले तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै लाइन काटिदिएको थियो ।

काटिएको बिजुली लाइन जडान गरेर उद्योगलाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न पाउँ भनेर रिलायन्सले अदालतमा निवेदन दिएको थियो । तर  बक्यौता रकम ६० किस्तामा तिर्न पाउने गरी प्राधिकरणले निर्णय गरेको र किस्ता बुझाएमा बिजुली जोडिदिने प्राधिकरणले निर्णयलाई अदालतले स्मरण समेत गराएको छ । 

यस्तो छ आदेश–

sunsari-jilaa-adalat_relaiance-mils1-1704637429.jpg

sunsari-jilaa-adalat_relaiance-mils2-1704637429.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध