सुनचाँदीको मूल्य स्थिर

आइतबार, पुस २२, २०८०

काठमाडौं - आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, महासंघले चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्