युक्रेनले क्रिमियाको साकी एयरफिल्डमा आक्रमण गरेको पुष्टि

शनिबार, पुस २१, २०८०

कीभ– युक्रेनी सेनाले क्रिमियाली शहर साकी नजिकै रहेको सैन्य हवाई अड्डामा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ । 

युक्रेनी वायुसेनाका कमाण्डर माइकोला ओलेस्चुकलाई उद्धृत गर्दै युक्रेनिस्का प्राभदा मिडिया आउटलेटले सो घटना बारे शनिबार उल्लेख गरेको छ।

क्राइमियामा रहेको रुसी कमाण्ड पोष्टमा आक्रमण भएको ओलेस्चुकले बताएका छन् ।

शुक्रबार स्थानीय मिडियाले क्राइमियाको साकी र येभपेटोरिया क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताएका छन् ।  सम्भावित जोखिमका कारण क्रिमियन पुलमा यातायात अस्थायी रूपमा रोकिएको थियो ।

साकी एयरफिल्ड ४३ औं स्वतन्त्र नौसेना आक्रमण एभिएसन रेजिमेन्टको आवास क्षेत्र हो ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्