एमालेले राष्ट्रियसभाका १९ वटै सिटमा उम्मेदवारी दिने

शुक्रबार, पुस २०, २०८०

काठमाडौं- नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गरेको निर्णय सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले उक्त जानकारी दिएका हुन् ।

उनकाअनुसार सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे प्रारम्भिक छलफल भएको र थप छलफल गरेर पार्टीले निर्णय लिनेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्