ओली–रवि परामर्श

भारतीय विदेशमन्त्री जयशंकरसँग ‘छुपारुस्तम’ भेटेका ओलीलाई रवि लामिछानेले भेट्नुको अर्थ

शुक्रबार, पुस २०, २०८०

काठमाडौंभारतीय विदेशमन्त्री एस जयशंकरसँग द्वारिकाज होटलमा छुपारुस्तम पारामा भेट गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बालकोटमा परामर्श गरेका छन्।

के विषयमा परामर्श भएको भन्ने आधिकारिक नखुलाइए पनि यसलाई लामो समयपछिको भेट भनिएको छ। राष्ट्रिय सभा निर्वाचन, सत्तामा देखिएको खटपट, फेरि बामपन्थी ध्रुवीकरणको बहस चलिरहेका बेला ओलीले लामिछानेसँग वार्ता गर्नु अर्थपूर्ण हुन सक्ने आँकलन गरिन्छ।

गत बर्षको पुस १० मा बालकोटमा ओलीसँगको भेटपछि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए।

समसामयिक विषयमा नै कुराकानी भएको हुनुपर्छ, त्यस्तो गहिरो कुराकानी भएको जस्तो लाग्दैन, बालकोट स्रोतले भन्यो,‘दुई प्रतिपक्षी दलका नेताको भेट स्वभाविक हुन्छ।

एकातिर टीआरसी विधेयको विषय सदनमा पारित गराउने कि नगराउने भन्ने लफडा भने अर्कातिर यहि कारण प्रचण्डको सत्ता पनि धरापमा पर्न सक्ने आँकलन गरिन्छ। त्यसकारण पनि ओलीलामिछाने भेट अर्थपूर्ण मानिन्छ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्