कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

बिहीबार, पुस १९, २०८०

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस २१ गते शनिबार केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताउ ।

पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्