राष्ट्रिय सभामा एमालेसँग सहकार्यका बाधक बने माधव नेपाल, गठबन्धनमा खटपट

बिहीबार, पुस १९, २०८०

काठमाडौंआगामी महिनाको ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेसँगको सहकार्यको बाधक बनेका छन् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।

विहीबार बिहान सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पनि शेयरिङ गरेर जाँदा सजिलो हुने प्रस्ताव राखेपछि अध्यक्ष नेपाल असन्तुष्ट बनेका थिए।

एमालेलाईबाईकट गरेर गठबन्धनमा बाँडफाँट हुनुपर्ने जिकिर गरेका अध्यक्ष नेपालले राष्ट्रिय सभामा सहकार्य हुन नसक्ने बताएका थिए। नेपालको यो भनाईसँगै सत्ता गठबन्धनमा खटपट भएको छ।

एमालेसँग सहकार्य गर्ने विषयमा प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक थिए। यसैकारण बिहीबारका लागि बैठक राखेर एउटा सहमति बनाउने प्रधानमन्त्री प्रचण्डको दाउ थियो।

टीआरसी विधेयकलगायतमा एमालेको सहमति चाहिने हुँदा राष्ट्रिय सभामा उसलाई अलग राखेर जान नसकिने प्रधानमन्त्रीको कथन थियो। तर, माधवकुमार नेपाल नमानेपछि कुनै पनि खाका तयार भएन।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्