सत्ता गठबन्धनको बैठक

एमालेको प्रस्ताव बुझेर सत्ता गठबन्धनबीच थप छलफल हुने

बुधबार, पुस १८, २०८०

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा आफुहरुलाई शुन्य नबनाउन आग्रह गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेको प्रस्तावका बारेमा जानकारी गराउदै राष्ट्रियसभा निर्वाचनमा आफुहरुलाई शुन्य नबनाउन आग्रह गरेको बताए । 

बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेको प्रस्ताव बुझेर गठबन्धन दलबीच थप छलफल हुने जानकारी दिए । उनले यस बिषयमा माओवादी र कांग्रेसबीच पनि छलफल भएको र एमालेसँगको सहकार्य श–सर्त हुने जिकिर गरे ।

पुष २३ गते उम्मेद्वारी दिनका लागि २० सिट मध्ये एमालेको ९ सिटको व्यवस्थापनमा गठबन्धनको बैठक केन्द्रीत भएको उनले बताए । उनले गठबन्धनको बैठक बिहीबार बिहान पुन बस्ने र थप छलफल गर्ने जानकारी दिए ।

त्यस्तै, बैठकमा भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा पञ्चेश्वर लगायतका सम्झौतालाई राष्ट्रहितमा ल्याउने बिषयमा छलफल भएको पाण्डे बताए ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्