नेपाल–भारत सम्बन्ध

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, उच्चस्तरीय राजनीतिक भेट गर्ने

बुधबार, पुस १८, २०८०

काठमाडौं– भारतका विदेशमन्त्री एस जयशंकर बिहीबार बिहान १० बजे काठमाडौं उत्रिने भएका छन्।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा विदेशसचिव विनयमोहन क्वात्रा, सह–सचिव अनुराग श्रीवास्तवसहित काठमाडौं आउन लागेका हुन् ।

विदेशमन्त्री जयशंकरले नेपालमा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

भारतीय विशेष विमानमा आउन लागेका जयशंकरसहितको टोलीलीलाई परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्ने बताइएको छ।

जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतासँग भेट गर्नेछन्। उनी विदेश सचिव रहँदा नेपालमा संविधान जारी गर्नुपूर्व भारतीय प्रधानमन्त्री नरेन्द्रको मोदीको विशेष दूत बनेर आएका थिए।

सोही बेला उनले संविधान जारी नगर्नका लागि गरेको अपिलका कारण चर्चामा थिए।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्