Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेपत्ता भएका अहेबको शव सेतीमा भेटियो, मृत्युको कारण के हो?

बुधबार, पुस १८, २०८०

बझाङबझाङको केदारस्युँ गाउँपालिका गर्जेपानीस्थित सेती नदीमा सोमबारदेखि बेपत्ता रहेका एक जना स्वास्थ्य सहायकको शव फेला परेको छ।

samridhi jewllers

जिल्ला प्रहरी कार्यालयका अनुसार केदारस्युँ गाउँपालिका रायलका ४३ वर्षीय महेन्द्र मल्लको शव फेला परेको हो।

केदारस्युँ गाउँपालिका, झोता स्वास्थ्य चौकीमा स्वास्थ्य सहायक अधिकारी (अहेब) पदमा मल्ल कार्यरत थिए।

मंगलबार बेलुका सेतीमा माछा मार्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मल्लको मृत्युको कारण खुल्न सकेको छैन।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्