Nic Ad Nic Ad
Nic Ad Nic Ad

उत्तरी भारत शीत लहरको चपेटामा

शनिबार, पुस १४, २०८०

नयाँदिल्ली– उत्तर भारतीय क्षेत्रमा चिसो बढ्दै गएको भारतको मौसम विज्ञान विभाग (आईएमडी)ले शनिबार जनाएको छ । विभागले पञ्जाबको अधिकांश भागहरूमा ७–१०डिग्री सेल्सियसको दायरामा न्यूनतम तापमान रेकर्ड गरेको छ । 

राष्ट्रिय मौसम पूर्वानुमान एजेन्सीका अनुसार शनिबार बिहान दिल्ली, राजस्थान र मध्ये प्रदेशका लगाएतका क्षेत्रको तापक्रम ७–१० डिग्री सेल्सियसको बीचमा रहेको बताएको छ । कडा चिसोले उत्तर भारतको विशाल भागलाई चपेटामा परेको छ । बाक्लो कुहिरोले शहरहरू ढाकेको छ । 

स्थानीयहरू न्यानोको लागि आगोको वरिपरि झुम्मिरहेको दुश्य देखिन्छ । उत्तर प्रदेशको प्रयागराज, जयपुर, राजधानी लगायतका शहरहरू शनिबार बिहान शित लहरसंगै बाक्लो कुहिरो लागेको थियो ।  

पञ्जाब, हरियाणा, दिल्ली, उत्तर प्रदेश, बिहार, उत्तर राजस्थान लगायतका क्षेत्रमा बिहानी समयमा  बाक्लो कुहिरो भारतको मौसम विज्ञान विभाग ९आईएमडी० द्वारा कैद गरिएको थियो ।

मौसम विभागले डिसेम्बर ३० देखि जनवरी दुई सम्म जम्मू–कश्मीर–गिलगिट–बाल्टिस्तान– हिमाचल प्रदेश, उत्तराखण्डमा अधिक कुहिरो लाग्ने  सम्भावना उल्लेख गरेको छ ।  

बाक्लो कुहिरोका  कारण  यात्रुहरूले पनि कठिनाइको सामना गर्नु परेको छ । धेरै उडान तथा रेलहरू कम  दृश्यताका  कारण ढिलो र परिवर्तन भएका छन् । 

स्रोतका अनुसार शनिबार बिहान ८ः३० बजेसम्म दिल्लीको आईजीआई एयरपोर्टमा मौसमको अवस्थाका कारण करिब ८० उडानहरू ढिलाइ भएको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्