प्रचण्डमाथि कांग्रेसको ग्रहणः तत्काल सरकार परिवर्तन गर्न देउवा–कोइराला परामर्श

शुक्रबार, पुस १३, २०८०

काठमाडौंसत्ता गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुलाउने तयारी भएको छ।

यसका लागि एमालेको साथ लिने कि गठबन्धनले नै सहयोग गर्ने भन्ने विषयचाहिँ क्लियर भइसकेको छैन। देउवालाई छैठौं पटक प्रधानमन्त्री बनाउने खेलमा कांग्रेस इतरसमूहका नेता डा. शेखर कोइराला नै सक्रिय रहेका छन्।

सरकारको नेतृत्व परिवर्तन गरी कांग्रेसले लिनुपर्ने विषयमा सभापति मबीचमा परामर्श चलिरहेको , कोइरालाले पाँचथरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनका क्रममा भने,‘नेपालको अर्थतन्त्रको सुधारदेखि आवश्यक काम गर्नका लागि पनि कांग्रेसको नेतृत्व अनिवार्य देखियो।

कांग्रेस सरकार नेतृत्व परिवर्तनको निर्णय पुगे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदमा ग्रहण लाग्नेछ। भद्र सहमतिअनुसार उनले अझ एक बर्ष गठबन्धन सरकारको नेतृत्व गर्नुपर्ने हुन्छ।

तर, सरकारका काम कारबाही ठिक नभएको माओवादीले कांग्रेसलाई समेत बदनाम गराइसकेको भन्ने चर्चा सुरु भएको छ। यहि मेसोमा देउवा कोइराला परामर्श चलेको हो।

सरकार नेतृत्व परिवर्तनको विषयमा कांग्रेस केन्द्रीय समितिको बैठकमा पनि कुरा उठेको एक नेताले बताए।अब कांग्रेसले प्रधानमन्त्री पाउने हो भने गठबन्धन नभए पनि हुन्छ। गठबन्धनले सहयोग गरे ठिकै , हैन भने एमालेसँग मिलेर सरकारको नेतृत्व गर्नुपर्छ भन्ने धारणा पनि उठेका छन्, एक नेता भन्छन्,‘अहिलेको सरकारको कामको गति छैन। बदनाम सरकारमा कांग्रेस रहँदा पार्टी नेता पनि बदनाम हुन थालेका छन्।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्