नेप्से परिसूचकमा झिनो अंकको गिरावट

बिहीबार, पुस १२, २०८०

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.९३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६८ विन्दुमा कायम भएको छ । दिनभर कुल ४ अर्ब २९ करोडको कारोबार भयो । यसअघि बुधबार ५ अर्ब २४ करोडको कारोबार भएको थियो ।

समग्र परिसूचक घट्दा पनि होटल र उत्पादन समूह भने राम्रो अंकमा बढे । उत्पादन समूह १.२ प्रतिशत र होटल तथा पर्यटन समूह १.१ प्रतिशत बढ्यो । व्यापार समूह सबैभन्दा धेरै १.७ प्रतिशत घट्यो । बैंकिङ ६, विकास बैंक २९, फाइनान्स ५, जलविद्युत् ६, जीवन बीमा ४२, माइक्रोफाइनान्स ८ र व्यापार समूह ४९ अंक घटे । अन्य १, निर्जीवन बीमा २६, उत्पादन ७५ र होटल तथा पर्यटन समूह ६३ अंक बढे ।

समग्र बजार घट्दा ७ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । भिजन लुम्बिनी ऊर्जा, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, मनकामना इन्जिनियरिङ, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र तारागाउँ रिजेन्सीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सोनापुर सिमेन्टको ९.४ र नेपाल रिपब्लिक मिडियाको मूल्य ८.७ प्रतिशत बढ्यो ।

धौलागिरि लघुवित्त तथा बीपीडब्लू लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । उन्नती सहकार्य लघुवित्तको ७ र नेपाल इन्स्योरेन्सको मूल्य ६ प्रतिशत घट्यो ।

 

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्