कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय

कोशी प्रदेश : सञ्चार विधेयक पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

बुधबार, पुस ११, २०८०

मोरङ– कोशी प्रदेश मन्त्रिपरिषद्को आज साँझ भएको बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक–२०८० प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा भएको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो । 

यसैगरी, शैलजा आचार्य हृृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि–२०८० लाई बैठकले स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जानकारी दिए ।

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आङ्गिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न केन्द्र सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।  साथै, बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय  गरेको प्रवक्ता राईले बताए । –रासस

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्