रविकाे प्रश्न- कम्पनी छोडिसकेपछि पनि जीवनभर जिम्मेवारी लिइरहनु पर्ने हाे ?

बुधबार, पुस ११, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी हिनामिना प्रकरणमा गलत समाचार प्रकाशित गरेर जनतामा भ्रम छर्न खोजिएको बताएका छन् ।

मंगलबार कान्तिपुर दैनिकमा पुरानो विवरण भएका कागजात राखेर समाचार प्रकाशित गरिएकोमा रविले आक्रोश पाेखेका छन् ।

बुधबार सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै उनले आफूले ग्यालेक्सी टीभी छोड्ने बेलैमा आफूलाई दिएको (पैसा लगानी नगरी) सेयर सबै ट्रान्सफर गरेको स्पष्ट गरेका छन् ।

उनले कम्पनीमा सञ्चालक रहेको व्यक्तिले वैधानिक रुपमै छोडेपछि पनि त्यो कम्पनीको जिम्मेवारी जीवनभर लिनुपर्ने हुन्छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

‘मैले गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टीभीमा दोस्रो वरीयतामा (कार्यकारी अध्यक्षसमेत रहेको कम्पनीमा) समाचार सामग्रीको मात्र नेतृत्व गरेको थिएँ। कानूनीरुपमा पूर्णरूपले छोडिसकेपछि पनि सो कम्पनीको जिम्मेवारी लिनुपर्छ भन्ने (कू)तर्क न कानून अनुरुप हुन्छ न व्यवहारिक’ उनले लेखेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्