समाजवादी मोर्चा बैठक

अदालतको आदेशलाई प्रधानमन्त्री प्रचण्डको लोप्पा, पक्राउ पूर्जी जारी भएका विप्लव बालुवाटारमा

बुधबार, पुस ११, २०८०

काठमाडौंअदालतको आदेशलाई लोप्पा खुवाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पक्राउ पूर्जी जारी भएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बालुवाटार बैठकमा स्वागत गरेका छन्।

समाजवादी मोर्चाको बैठकमा सहभागी हुन विप्लव बालुवाटारमा पुगेका हुन्। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ।

कानुनी शासन धक्का दिनेगरी काम गर्छु भनी घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले पक्राउ पूर्जी जारी गरिएकालाई संरक्षण गर्नु अदालतको अवहेलना हुने कानुनविद बताउँछन्।

यसरी कानुनी शासनको खिल्लि प्रधानमन्त्रीबाट नै उडाउने कामले जनतामा, अदालतको आदेशमा कस्तो असर गर्छ भन्ने हेक्का राख्नुपर्छ, कानुन व्यावसायी भन्छन्,‘अदालतको आदेश भनेको कानुनी शासन हो, त्यसको विपरित जाने अधिकार कसैलाई हुन्न।

यसरी अदालतको अवहेलना गरेको मुद्दामा युरोप अमेरिकातिर प्रधानमन्त्री मात्र होइन राष्ट्रपतिसमेतलाई हर्जाना तिराउने गरिएको छ। अदालतको आदेशविपरित काम गर्दा कतिपय सरकार राष्ट्रप्रमुखले राजीनामा समेत दिनु परेका प्रशस्त उदाहरण छन्।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्