उदयपुरका ढुवानी व्यवसायी आन्दोलित

आइतबार, पुस ८, २०८०

गाइघाट– उदयपुर सदरमुकाम गाइघाटमा त्रियुगा ट्र्याक्टर ढुवानी व्यवसायी आन्दोलित भएका छन ।

त्रियुगा नगरपालिकाले गरेको ढुङ्गा, गिट्ट, बालुवाको गुणस्तरहिन र अव्यावहारिक घाटगद्दीको विरोधमा उनीहरु आन्दोलित भएका हुन ।

त्रियुगा नगरपालिकाले नदिजन्य पदार्थको उत्खनन तथा बिक्री बितरणका लागि पटक–पटक ठेक्का आव्हान गर्दा समेत ठेक्का नलागेपछी एकद्वार प्रणालीमार्फत एकैठाउमा घाटगद्दी गरी निकासी गर्ने निर्णय गरेपछी त्रियुगा ट्र्याक्टर ढुवानी व्यवसायी आन्दोलित भएका हुन ।

जिल्लाको सदरमुकाम समेत रहेको गाइघाटमा रहेका सम्पूर्ण ट्र्याक्टर ढुवानी व्यवसायी आन्दोलित भएपछी सदरमुकाम गाइघाटमा निर्माण कार्य समेत ठप्प भएको छ । उनिहरुले त्रियुगा नगरपलिकाले आगामि वर्षहरुमा भाद्र महिना भित्रै खोला ठेक्का लगाउने विषयलाइ प्राथमिकतामा राखि आवश्यक प्रकृया अगाडि बढाउनु पर्ने, ढुङ्गा, गिट्टि, बालुवाको गुणस्तरहिन र अव्यावहारिक घाटगद्दी गर्ने गरिएको निर्णय फिर्ता लिनुपर्ने लगाएतका माग अघि सारेका छन् ।

gaighat-bebasai_andolan_cnnepal-1703423615.JPG

नगरले एकैठाउँमा नदिजन्य पदार्थ घाटगद्दी गरेर सर्वसाधारणलाई समेत खोला पस्न निषेध गरेपछी व्यवसायी आन्दोलित भएका हुन् । यद्दपी नगरपालिकाले भने एकैठाउमा घाटगद्दी गरी अमानतमा ढुङ्गा, गिट्टि, बालुवाको बितरण गर्दा नगरपालिकालाई सहज हुने देखिएकोले यस्तो निर्णय गरेको जनाएको छ ।

नगरले नदिजन्य पदार्थको उत्खनन तथा बिक्रिबितरणमा गरेको गलत निर्णय नसच्याए ढुङ्गा, गिट्ट, बालुवा संग आश्रीत श्रमजिविहरु समेत आन्दोलित हुने उनिहरुले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्