Nic Ad Nic Ad
Nic Ad Nic Ad

इजरायलले गाजामा सहायता वितरणमा ठूलो अवरोध खडा गरेको छ : राष्ट्रसंघ महासचिव

शनिबार, पुस ७, २०८०

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले गाजाभित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका छन्। इजरायलको आक्रमणले गाजाभित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा भइरहेको उनको भनाइ छ।

गाजामा प्रभावकारी सहायता सञ्चालनका लागि सुरक्षा, सुरक्षामा काम गर्न सक्ने कर्मचारी, लजिस्टिक क्षमता र व्यावसायिक गतिविधि पुनः सुरू गर्न आवश्यक रहेको उनले बताए।

करिब १९ लाख मानिस (गाजाको जनसंख्याको ८५ प्रतिशत) आफ्नो घर छोड्न बाध्य भएका छन्। गुटेरेसले गाजामा तुरून्तै सहायता पुर्‍याउन आह्वान गर्ने सुरक्षा परिषद्को प्रस्तावले मानवीय युद्धविराम हुन मद्दत गर्ने आशा व्यक्त गरे।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्