इजरायल–हमास युद्ध

इजरायल र हमासबीच जारी लडाइँको समाधान गर्न राष्ट्रपति पुटिनको आग्रह

शनिबार, पुस ७, २०८०

काठमाडौं - रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार गाजा पट्टीमा मानवीय सहायता प्रदान गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले इजरायल र हमास बीच जारी लडाइँको शान्तिपूर्ण समाधान गर्न आग्रह समेत गरेका छन् ।

राष्ट्रपति पुटिनले प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बाससँगको टेलिफोन कुराकानीका क्रममा रूसले गाजा पट्टीलाई औषधि र चिकित्सा उपकरणहरू सहित अत्यावश्यक सामानहरू आपूर्ति गर्न जारी राख्ने बताए।

यसै बीच सो वार्तालाई लिएर क्रेमलिनले राष्ट्रपति पुटिनले ‘रक्तपातको शीघ्र अन्त्यको आग्रह गर्दै राजनीतिक प्रक्रियाबाट समस्याको समाधान’ चाहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्