फागुनकाे पहिलो साता विधान सम्मेलन गर्ने माओवादीको निर्णय

बिहीबार, पुस ५, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ। आज बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो। बैठकले विधान मस्यौदा समिति गठन गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन्।

विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।

माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्