नेप्से परिसूचक ३५ अंकले बढ्यो

बुधबार, पुस ४, २०८०

काठमाडौं- सेयर बजार परिसूचक नेप्सेको उकालो यात्रा जारी छ । आज नेप्से परिसूचक ३५ दशमलव ३९ अंकले बढेर २,१४१ दशलमव ८७ को विन्दुमा कायम भएको छ ।

मंगलबार ४५.९८ ले बढेर ५ महिनापछि २१ सयको विन्दुमा उक्लिएको नेप्सेले बुधबार पनि २१ सय विन्दु कायमै राखेको हो ।

बुधबार होटल्स एण्ड टुरिजम र निर्जीवन बीमा उपसूचक बोहक सबै बढेका छन् । आज १६१ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०६ वटा कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता शेयर किनबेच हुँदा ७ अर्बमाथिको शेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटल्सको २४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २० करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको १८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्