Nic Ad Nic Ad
Nic Ad Nic Ad
राज्यव्यवस्था तथा सुशासन समितिको बैठक

प्रधानमन्त्रीलाई सांसदको प्रश्न- एनसेल प्रकरणमा तपाईंकै परिवार जोडिएको आरोप छ नि?

मंगलबार, पुस ३, २०८०

काठमाडौं- निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे बसेकाे बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विभिन्न प्रश्न सोधेका छन् ।

मंगलबार बसेकाे प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्रीलाई एनसेल प्रकरणमा तपाइकै परिवारको संलग्नता रहेकाे छनि भन्दै प्रश्न उठाएका हुन् ।

यस्ता छन् प्रधानमन्त्री प्रचण्डलाई समितिका सदस्यले सोधेका प्रश्न–

कृष्णगोपाल श्रेष्ठ
– चार समिति जोडिएको छ । चार समितिको चार कुरा आए के हुन्छ ? यसमा लेखा, अर्थ, हाम्रो (राज्यव्यवस्था तथा सुशासन समिति) र शिक्षा समिति जोडिएको छ, यसमा ध्यान दिनुपर्छ ।
– यसमा प्रमुखको परिवार र प्रमुखलाई जोडिदिएको छ, के हो ? अबको पाँच वर्षपछि सरकारी हुने भनिएको छ, यो सरकारको स्वामित्वमा आउँछ कि आउँदैन ? ठ्याक्कै जवाफ चाहियो । यो सिस्टममाथिकै प्रहार हैन र ?

अजय चौरसिया 
– खरिद–बिक्रीमा ठूलो अन्तर छ । धेरै कुरा प्रधानमन्त्रीको परिवारसँग जोडिएर आएको छ । छानबिन होस् ।

ईश्वरी न्यौपाने 
– प्रम हुनेबित्तिकै सुशासन मेरो प्रतिबद्धता भन्नुभयो, एक वर्षमा यति धेरै काण्ड भए । कतिपय विषय र काण्ड टुंगो नलाग्दै अर्को आउँछ । अन्तर्राष्ट्रिय विमानस्थल तस्करहरूको अखडा भयो, अन्य देशले देख्दा के भन्छ ? 
– प्रमको परिवार यसमा जोडिनुभएको छ भन्ने छ, के हो यो ? वास्तविकता के हो देख्न पाइयोस् ।
– समितिले ढाकछोप गर्छन् कि भन्ने छ ? कसरी स्वीकृति नलिई बिक्री भयो ?

चन्दा भण्डारी 
– एनसेलले पैसा नखाई राजनीतिक दल, कर्मचारीलाई काम हुँदैन भनेको सत्य हो ? किन बेलैमा आजियाटालाई रोक्न किन नसकेको ? 
– डा. अमरेश सिंहले भनेजस्तै छोरी गंगा दाहाल, शेरबहादुर देउवालगायत संलग्न भएको आरोप लाग्दा किन चुप लागेको ? खै खण्डन ? के छ यसमा ? अमरेश गलत भए किन कारबाही नगरेको ?

अम्बिका बस्नेत 
– सुशासन कायम गरेर आर्थिक समृद्धितर्फ बढ्नुपर्ने अवस्थामा एकपछि अर्को काण्ड छ । नेताको परिवारसँग जोडिन्छ । यसमा कति सत्य होला ? 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्