Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, चार जनाको मृत्यु

सोमबार, पुस २, २०८०

नयाँ दिल्ली–  भारतमा कोरोना भाइरसको नयाँ भेरियन्टबाटकारण चार जनाको मृत्यु भएको छ । 

भारतको केरल राज्यमा गत शनिबार देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ भेरियन्टबाट चार जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।

चीन र अमेरिकामासमेत पुष्टि भइसकेको उक्त भेरियन्ट भारतमा फेला परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार उक्त भेरियन्टका कारण केरल राज्यमात्र १ हजार ३२४ संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट चार जनाको मृत्यु भएको जनाएको छ।

केरलका स्वास्थ्यमन्त्री वीना जार्जले संक्रमण दर बढिरहे पनि चिन्ता लिनुपर्ने कुनै कारण नभएको बताएकी छन्। उनका अनुसार सरकारले संक्रमणको दरलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्