प्रधानमन्त्रीलाई प्रश्न सोधेर जवाफ नसुनी बालेन हिडेपछि…

सोमबार, पुस २, २०८०

काठमाडौं- ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आफ्ना कुरा राखेर बाहिरिएपछि प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपत्ति जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना कुरा राखेर अतिथिको जवाफ सुन्दै नसुनी हिँडेको भन्दै बालेनको उक्त शैलीलाई लिएर आपत्ति जनाएका हुन् ।

‘अघि बालेन्द्रजी गइहाल्नु भयो। पहिला बोलेर हिड्नेसँग पनि मलाई अलिअलि इरिटेसन हुन्छ। आफूले भन्ने कुरा जे भन्नुछ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन। बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म,’– प्रधानमन्त्री प्रचण्डले भने ।

बालेनले गर्न चाहेको सबै काममा आफ्नो सहयोग र समर्थन रहँदा पनि बालेनले उक्त सहयोगलाई स्वीकार गर्न नचाहको उनको भनाइ छ।

आफूले काठमाडौंको फोहार व्यवस्थापन, तीनकुनेको समस्या समाधान, र बागमतीका बारेमा सिंहदरबारमा धेरै मिटिङहरु गरेर निकास खोज्न पहल गरेको कुरालाई बालेनले स्वीकार गर्न नचाहेको उनको भनाइ छ।

प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले फाेहाेर व्यवस्थापन लगायतका विषयबारे संघीय सरकारलाई प्रश्न साेधेका थिए ।

प्रतिक्रिया दिनुहोस्