बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

आइतबार, पुस १, २०८०

बाजुरा– बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।  

मार्तडीबाट निर्माण सामाग्री लिएर बडिमालिका–२ भौनेरा जाँदै गरेको सु.प्र ०१००२ त ४१०५ ट्याक्टर खरिगाडमा लु ४ त ७३०५ को ट्याक्टरमा ठोकिँदा एक महिलासहित चार जनाको घट्नास्थलमै मृत्यु भएको हो । 

मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ का ३५ वर्षीय चालक हिक्मतबहादुर रोकाया बडिमालिका–२ भौनेराका अन्दाजी ३७ वर्षीय देवराज जोशी बडिमालिका– १ का ३६ वर्षीय चन्द्र दानी र बडिमालिका–२ जुगाडाकी २६ वर्षीया करिष्मा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

केही वर्ष पहिला त्यसै ठाउँमा जिप पल्टिदा चार जनाको ज्यान गएको थियो ।  

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्