लिट्मसकाे केबल्स किन्दा दुबई जाने मौका

आइतबार, पुस १, २०८०

काठमाडौँ– लिट्मस केबल्सले इलेक्ट्रीशियनहरुलाई लक्षित गरी “लिटमस केबल्सः इको वायरिंग स्मार्ट वाच देखि दुबई सम्मको यात्रा” ७ महिने राष्ट्रव्यापी योजना ल्याएको छ ।

इलेक्ट्रीशियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्ने उदेश्यसहित ७ महिने राष्ट्रव्यापी योजना ल्याएको कम्पनिले जनाएको छ ।

कम्पनिले जारी गरेको विज्ञप्तिअनुसार नेपालकै पहिलो जेरो हेलोजेन तारमा लिट्मस केबल्सको इको वायर(जेड एच रहेको छ ।  सुरक्षा सुधार गर्नको लागि विशेष रूपमा पिभिसी पोलिमरहरूद्वारा बनाइएको तारले आगलागीको समयमा, यसले हानिकारक धुवाँ र हेलोजन–मुक्त ग्याँसहरू कम गर्ने र सुरक्षित र वातावरण मैत्री बनाउने कम्पलिे जनाएको छ ।

यस योजना अन्तर्गत इलेक्ट्रीशियनहरुले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, १०० कोइल्सको खरिदमा ड्रिल मेशिन, ३०० कोइल्सको खरिदमा एयर कुलर, ५०० कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र १००० कोइल्सको खरिदमा टिभी जस्ता आकर्षक उपहारहरु जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । साथै, १५०० कोइल्सको खरीदमा, तपाईंले वासिङ्ग मशिन जित्ने मौका पानेछ र २५०० कोइल्सको खरिदमा अविस्मरणीय दुबई यात्राको अवसर पाउन सक्ने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुनको लागि, इलेक्ट्रीशियनहरूले इको वायर(जेड खरिद गरि कुपनहरु नजिकैको लिटमस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको सन्ख्याको विस्तृत जानकारी बुझाउनु पर्नेछ। उक्त योजना अन्तर्गत जम्मा भएको कुपनको आधारमा स्मार्ट वाच, ड्रिल मेसिन, एयर कूलर, मुक्तिनाथको यात्रा, मोबाइल, टिभी, वाशिङ्ग मशिन र दुबई यात्रा लगायतका उत्कृष्ट उपहारहरू जित्न सक्नेछन ।

कम्पनीको अनुसार, यो योजना २०८०, पुस १ गतेदेखि असार ३१, २०८१ गतेसम्म जारी हुनेछ ।

लिट्मस केबल्स, नेपालको अग्रणी केबल निर्माता, जसले आफ्नो ग्राहकहरुको विशेष आवश्यकताहरु पुरा गर्न विभिन्न थरीका तार र केबलहरु उत्पादन गर्दै आइरहेको छ । लिटमस केबल्सले घरमा प्रयोग मल्ट्रिस्ट्र्यान्ड तारहरु देखि बिभिन्न इण्ड्रष्ट्रिजमा प्रयोग हुने पावर केबलहरू, बिद्धुतिय पोल देखि घरसम्म बिजुली ल्याउन प्रयोग हुने कन्सेन्ट्रिक केवल्स लगायत सम्पुर्ण तार, केवल्स तथा कन्डक्टरहरुको उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्