मन्त्रिपरिषद्काे निर्णय

कर्जा सूचना सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

आइतबार, पुस १, २०८०

काठमाडौँ– सरकारले कर्जा सूचना सम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्काे निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मलनमा सरकारका प्रवक्ता रेखा शर्माले कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धीत मन्त्रालयमा फिर्ता लिने लिने निर्णय गरेको जानकारी दिइन् ।

त्यस्तै, मन्त्रिपरिषद्ले विद्युत खपत वृद्ध तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय बृहत जलाधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै, बैठकले ताप्लेजुङको घुन्सा खोला जलविद्युत आयोजनाको लागि जिल्लाको फक्ताङलुङ गाउँपालिकामा रहेको ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्