कांग्रेस महासमितिमा जाने प्रस्ताव पारित भए प्रचण्डलगायतको संसदीय राजनीतिमा ग्रहण

आइतबार, पुस १, २०८०

काठमाडौं विभिन्न दलसँग गठबन्धन गरी संसदीय राजनीतिको डाडु पुन्यु चलाइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धक्का लाग्नेगरी नेपाली कांग्रेसको महासमिति बैठकमा गठबन्धनसम्बन्धी एउटा प्रस्ताव लैजाने तयारी भएको छ ।

कांग्रेस चुनावी मैदानमा एक्लै नगएका कारण अस्तित्वमा नै प्रश्न उठेको दाबी गरेको डा. शेखर कोइराला समूहले महासमिति बैठकमा गठबन्धन भए पनि चुनाव चिन्ह रुखबाहेकमा मत हाल्न नहुने सर्कुलर तल्लो तहसम्म नै कार्यान्वयनमा लैजाने प्रस्ताव तयार पारेका छन् ।

यस्तो प्रस्तावबारे खुलासा गर्दै महामन्त्री गगन थापाले पाल्पालको जिल्ला समितिको कार्यक्रममा भने,‘ रुखभन्दा बाहेकमा मत हाल्न पाइँन्न भनेर महासमिति बैठकमा निर्णय गराउनुपर्छ, गराइनेछ ।

यस्तो प्रस्ताव पारित भएको खण्डमा कांग्रेस गठबन्धनमा रहने स्थिति हुँदैन । त्यसो हुँदा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय राजनीतिमा ग्रहण लाग्न सक्ने अनुमान गरिएको छ ।

गठबन्धन भएका कारण नै गत निर्वाचनमा माओवादीले ३२, जसपाले १२ एकीकृत समाजवादीले सिटमा जित निकालेको थियो । कांग्रेसले हात छाडेको खण्डमा नयाँ आएका दलसहित कांग्रेस एमालेको मात्र प्रतिस्पर्धा कडा हुनेछ ।

हामी कुनै पनि मुल्यमा गठबन्धन गर्न हुन्न भन्ने पक्षमा उभिएका छौं । उभिनु पनि पर्छ । कांग्रेस एक्लै चुनावमा जाने वातावरण भएन भने अस्तित्वमा पनि प्रश्न आउँछ, नेता शेखर कोइरालाले भनेका छन्,‘ गठबन्धन भनिने कोर्स करेक्शन गरेर अगाडि बढ्न आवश्यक छ ।

महासमितिमा कोइराला पक्षको प्रस्तावमा समर्थन बढ्ने सम्भावना रहेको छ । त्यसो भएको खण्डमा आगामी निर्वाचनमा चाहेर पनि गठबन्धन नहुने स्थिति आउने त्यसले प्रचण्डलगायतको संसदीय राजनीतिमा धक्का लाग्ने अनुमान गरिएको छ ।

त्यहाँसम्म पुग्दा चुनावको माहौल अलग, जनताको चेतनाको कसी फरक भइसकेको हुनेछ । आगामी निर्वाचनमा कांग्रेस एमालेको नै हैसियत कतिमा हुने भन्ने आशंका , राजनीतिक टिप्पणीकर्ता भन्छन्, ‘गठबन्धन नभएको खण्डमा अहिले हालीमुहाली गरेका दलको जमानत जफत पनि हुने सम्भावना छ।

माओवादीले कुनै कुनै दलसँग गठजोड गरेका कारण संसदीय राजनीतिमा आफूलाई तेस्रो शक्तिका रुपमा उभ्याइरहेको छ । ०७४ को निर्वाचनमा उसले एमालेसँगको सहकार्य गरी झन्डै दुई तिहाई बहुमतको नजिक जाँदा पनि तेस्रो दल बनेको थियो । पछि, शक्ति आर्जनीकरणका निम्ति एमालेसँग एकीकरण नै भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्