शेखरलाई संसदीय दलको नेता नबनाए ०८२ मा महाधिवेशन हुन्न : गगन थापा

बुधबार, मंसिर २७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता शेखर कोइरालाई संसदीय दलको नेता बनाउनुपर्ने बताएका छन् । डा। शेखर कोइराला समूहको काठमाडौंमा आज भएको बैठकमा थापाले यस्तो बताएका हुन् ।

नेता थापाले कोइरालालाई दलको नेता नबनाए ०८२ मा महाधिवेशन हुनै नसक्ने बताए । “संसदीय दलको नेता फेर्नुपर्छ । संसदीय दलको नेता नफेरेसम्म ०८२ मा महाधिवेशन हुँदैन । शेखर कोइरालाई नै संसदीय दलको नेता बनाउनेतिर लागौँ,” उनले भने ।

थापाले समूहप्रति आफू सधैं बफादार भएको बताए । “समूहप्रति पूर्ण बफादार छु र शेखर दाइलाई नेता मान्ने र बनाउने कुरामा म जस्तो त्याग गर्न तयार छु,” उनले बैठकमा भनेका छन्, “म र शेखर दाइको बीचमा कुनै मनमुटाव छैन भनेर कति भन्ने ?साथीहरूले धेरै खेल्दिनुभएन ।”

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्