देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

सोमबार, मंसिर २५, २०८०

काठमाडौं -  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर २९ गते (शुक्रबार) का लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

बैठक शुक्रबार दिउँसो सवा १२ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको हो ।

बैठकमा महासमिति बैठक तयारी सम्बन्धमा, जाजरकोट भूकम्प सम्बन्धमा र समसामयिक राजनीतिक सम्बन्धबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति बैठक सार्ने देउवाको तयारी रहेको बुझिएको छ । त्यसबारे यही बैठकले निर्णय लिने बताइएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्