रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

सोमबार, मंसिर २५, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । रास्वपाले संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजेका लागि बैठकले बोलाएको हो।

संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि गम्भीर छलफल आवश्यक भएकाले उक्त विषयमा आजको बैठक केन्द्रित हुने रास्वपाले जनाएको छ ।

बैठकमा संसदीय दलको विधान, संसद्‌को आगामी अधिवेशन र अन्य विविध प्रस्तावमाथि छलफल हुने बताइएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्