Nic Ad Nic Ad
Nic Ad Nic Ad

चौथो बेसीशहर मेयर कप फुटबलको उपाधि उदिपुर–१ लाई

आइतबार, मंसिर २४, २०८०

लमजुङ– बेसीशहर नगरपालिकाले आयोजना गरेको चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ उदिपूरले हात पारेको छ ।

लमजुङको सदरमुकाम सहजी खेल मैदानमा आज भएको फाइनल खेलमा वडा नं. १ उदिपूरले वडा नं. १० लाई ३–२ गोल अन्तरले हराउँदै चौथो मेयर कप–२०८० वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी हात पारेको हो ।

बेसीशहर १० बाँझाखेतले भने उपविजेतामा चित्त वुझाएको छ । विजेता वडा नं. १ उलिपूरलेले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ । उपविजेता वडा नं. १० ले नगद ५० हजार, मेडल र प्रमाणपत्र हात पारेको छ ।

विजेता टिमलाई बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ, नगर खेलकुद विकास समितिका अध्यक्ष सिजन श्रेष्ठ लगायतले पुरस्कार, मेयर कप, ट्रफी, प्रमाणपत्र, मेडल वितरण गरेका थिए । प्रतियोगितामा बेसीशहर १० का रविन तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद ५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले खेल क्षेत्रको विकासका लागि नगरपालिका सँधै लागिपर्ने र पर्याप्त बजेट बिनियोजन गरिने बताए । प्रमुख अर्यालले वडाहरुले पनि खेलकुद क्षेत्रका लागि बजेट विनियोजित गर्नुपर्ने बताए । 

Beshishara-mayor-cup-footbal_2080_cnnepal1-1702223020.jpg

बेसीशहर लमजुङ जिल्लाको सदरमुकाममा रहेको पालिका भएकाले पनि अन्य पालिकाको रुपमा यहाँ खेल गतिविधि प्राथमिकताका साथ सञ्चालन भइरहेको बताए । प्रतियोगिता गत मंसिर १९ गतेदेखि सुरु भएको हो ।

प्रतियोगितामा बेसीशहर नगरपालिकाभित्र रहेको ११ वटै वडाहरुको सहभागिता रहेको थियो । प्रतियोगिताबाट नगर खेलकुद विकास समिति बेसीशहरले पहिलो चरणमा ३५ जना खेलाडी छनौट गरेको छ । पुष १२ गतेदेखि सुरु हुने ३१ औँ त्रिवेणी कपमा सहभागी गराउनका लागि खेलाडी छनौट गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष सिजन श्रेष्ठले बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्