सेयर बजार

सेयर बजारमा दोस्रो पटक ‘पोजेटिभ सर्किट’, कारोबार स्थगित

आइतबार, मंसिर २४, २०८०

काठमाडौं - नेपाल स्टक एक्सचेन्जमा दोस्रो पटक ‘पोजेटिभ सर्किट’ लागेर दोस्रो पटक कारोबार स्थगित भएको छ ।

पहिलो पटक ११ः०५ मै चार प्रतिशतको बृद्धि भएपछि २० मिनेटका लागि स्थगित भएको नेप्से ११ः२५ मा खुलेको थियो । खुलेको तीन मिनेटमै पुनः थप एक प्रतिशतले बृद्धि भई ५ प्रतिशत पुगेपछि दोस्रो पटक सर्किट लागेको हो ।

नेप्से ९२.७३ पुगेको छ । पाँच प्रतिशतको बृद्धिसँगै नेप्से १९४५ पुगेको छ । नेप्से अब १२ः०७ मा खुल्नेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्