अदालतले पक्राउ गर्न आदेश दिएका प्रकाण्ड बालुवाटारमा के गर्दैछन्?

आइतबार, मंसिर २४, २०८०

काठमाडौंजिल्ला अदालत काठमाडौंले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा झुल्किएका छन्।

विभिन्न टेलिभिजनमा अन्तरवार्ता दिँदै अदालतको अवहेलना गरिरहेका उनले सरकारसँग भएका सहमतिविपरित अदालत चलेको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको बताइन्छ।

प्रकाण्डसहित नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका नेतालाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रियामा अगाडि बढाउन अदालतले दिएको आदेशलाई प्रधानमन्त्री प्रचण्डले रोक्न सक्ने कानुनी स्थिति छैन।

तर, प्रशासनलाई ठाडो दबाब दिएर उनीहरूलाई कानुनी दायरा र प्रक्रियामा भित्राउनका लागि प्रचण्डले नै अदालतलाई चुनौति दिएको देखिएको छ। उनले बालुवाटारमा पक्राउ उर्दी जारी भएकालाई भेट्नु कानुनसम्मत मानिँदैन।

२०७६ साल असोज ९ गते दायर भएको मुद्दामा उनीहरुविद्ध पक्राउ पूर्जी जारी भएको थियो। तर प्रचण्डले यसलाई मिलाएर जाने ढुक्क बनेर बस्न प्रकाण्डलाई आश्वासन दिएको बताइन्छ।

प्रचण्डसहित त्यस पार्टीका महासचिव विप्लवलगायतको समाजवादी मोर्चा पनि छ। उक्त मोर्चामा खटपट आउन सक्ने भन्दै शक्तिको दुरुपयोग गरी प्रचण्डले अदालतको आदेशविपरित पक्राउ नगर्नका लागि प्रशासनलाई भनेका छन्।

सरकारको गृह मन्त्रालय माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मातहतमा रहेको छ। यसैले पनि अदालतको आदेश कार्यान्वयनमा उदासिन देखिएको बताइन्छ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्