राप्रपा नेपालको कन्द्रीय समिति बैठक आज र भोली बस्ने

आइतबार, मंसिर २४, २०८०

काठमाडौं - राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै छ ।

केन्द्रीय समितिको बैठक आज र भोली दुई दिन चल्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

आज (आईतबार) बिहान ११ बजे देखी बस्ने उक्त बैठकमा पार्टी अध्यक्ष कमल थापाले ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको स्थापना, सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ शीर्षकको राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

त्यसै गरि महामन्त्री राजाराम बर्तौलाले संगठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पनि पेश गर्ने भएका छन् ।महामन्त्री बर्तौलाका अनुसार भोलि दिउँसो काठमाडौं उपत्यका भेला मार्फत बैठकका निर्णयहरु सार्बजनिक गर्ने छन् ।

केन्द्रीय समितिको बैठक अघि शनिबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको थियो । बैठकले राजनीतिक कार्यपत्र तथा प्रतिवेदनहरु पास गर्नुका साथै केन्द्रीय समिति बैठकका एजेन्डासमेत तय गरेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्