एमालेले बाहेक अरु कसैले पनि देश बनाउन सक्दैन : ओली

शुक्रबार, मंसिर २२, २०८०

पोखरा- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले बाहेक कसैले पनि देश बनाउन नसक्ने दाबी गरेका छन्। संकल्प यात्रा अन्तर्गत पाेखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको बिरोध गर्ने काममा मात्रै लागेको बताए ।अध्यक्ष ओलीले भने,’एमाले देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो । त्यसकारण यो पार्टीले प्रतिपक्षमा हुँदा पनि आफ्नो भूमिका खेल्छ । अहिलेका समस्याहरूको समाधानमा पनि लाग्छौँ। अर्को कुरा एमालेबाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो। भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ नि । हामीबाहेकका अरु त एकजुट भएर लागेकै छन् नि।’

अध्यक्ष ओलीले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेकोसमेत दाबी गरे । राष्ट्रियताका सन्दर्भमा वर्तमान गठबन्धनले शिर निहुराउने गरेको पनि अध्यक्ष ओलीको आरोप छ ।

समृद्ध नेपाल, सुखी नेपाली बनाउन र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन पनि मिसन-०८४ सुरु गरिएको अध्यक्ष ओलीले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्