Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल सुपर लिग–२

चितवन र बुटवलले बराबरी अंक बाँडे

बिहीबार, मंसिर २१, २०८०

काठमाडौँ– नेपाल सुपर लिग–२ को लिगमा लगातार दोस्रो जितको संघारमा पुगेको चितवन एफसीलाई बुटवल लुम्बिनी एफसीले बराबरीमा रोकेको छ । 

दशरथ रंगशालामा आज भएको खेलमा इन्ज्युरी समयमा बुटवलका स्टेफन बिनोङले गोल गर्दै चितवनलाई १–१ मा रोकेको हो ।

खेलको पहिलो हाफमा दुबै टिमले गोल गनए सकेनन् । दोस्रो हाफपछि खेलको ४८औं मिनेटमा उत्सव राईले गोल गरेपछि चितवनले खेलमा अग्रता लियो । बुटवलका किपर पोस्टमा नभएको अवसरमा बल प्रहार गर्दा बलले जालि चुम्यो ।

जितको नजिक पुगेको चितवन इन्ज्युरी समयमा अग्रता गुमाउन पुग्यो । खेलको थप समयको पहिलो मिनेटमा अन्ततः बुटवलका बिनोङले मौकाको फाइदा उठाउँदै खाली पोस्टमा गोल गर्न सफल भए । 

आजको खेलमा दुवै टोलीले आक्रामक फुटबल पस्कन सकेनन् । चितवनले बल पोसेसन अधिकांश समय आफ्नो पक्षमा राख्दै आक्रमण बुन्ने प्रयास भने गरिरह्यो । यससँगै चितवनको ४ खेलमा ५ अंक छ भने बुटवलको ४ खेलमा ४ अंक छ ।

लिग अन्तर्गत शुक्रबार वीरगन्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबीच खेल हुनेछ । दशरथ रंगशालामा खेल साँझ ५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्