Nic Ad Nic Ad
Nic Ad Nic Ad

चीनसँगको मतभेद सम्बोधन गर्नुपर्छ : इयु अध्यक्ष

बिहीबार, मंसिर २१, २०८०

बेइजिङ– युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेयर लेयेनले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग युरोपेली युनियन (इयु) र चीनबीचको ‘असन्तुलन र मतभेदहरू’ लाई सम्बोधन गर्नुपर्ने बताएककी छन् । 

बेइजिङमा उच्चस्तरीय शिखर सम्मेलनमा उनले भनिन्, “चीन इयुको सबैभन्दा महत्त्वपूर्ण साझेदार हो तर दुवै पक्षबीचको स्पष्ट असन्तुलन र मतभेदलाई हामीले सम्बोधन गर्नुपर्छ ।”

चार वर्षभन्दा लामो समयमा इयुका नेता र बेइजिङका शीर्ष नेताहरूबीच भएको पहिलो व्यक्तिगत शिखर सम्मेलनले जलवायु परिवर्तन र स्वास्थ्य जस्ता साझा चासोका क्षेत्रमा छलफल गर्ने अवसर प्रदान गर्ने इयुले बताएको छ ।  

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले बेइजिङको डियाओयताई स्टेट गेस्टहाउसमा भएको बैठकमा इयुले चीनसँग ‘स्थिर र पारस्परिकरूपमा लाभदायक’ सम्बन्ध खोजिरहेको बताइन् । “हामी चीनसँग एउटा स्थिर र पारस्परिकरूपमा लाभदायक सम्बन्ध बनाउनका लागि प्रतिबद्ध छौँ”, उनले भनिन्, “इयु पारदर्शिता, पूर्वानुमानयोग्य र पारस्परिक सिद्धान्तहरूको आधारमा सम्बन्ध चाहन्छ ।”

राष्ट्रपति सीले आफ्नो प्रारम्भिक टिप्पणीमा भोन डेयर लेयेन र मिसेलसँग चीन र इयुले विश्वव्यापी चुनौतीहरूको सामना गर्न मिलेर काम गर्नुपर्ने बताए । “हामीले विश्वव्यापी चुनौतीहरूको संयुक्तरूपमा जवाफ दिनुपर्छ र विश्व स्थिरता र समृद्धिको प्रवर्द्धनका लागि मिलेर काम गर्नुपर्छ”, उनले भने । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्