मानव अधिकार हनन्को अभियोगमा जेलमा रहेका पेरुका पूर्वराष्ट्रपति जेलमुक्त
काठमाडौं– पेरुका पूर्वराष्ट्रपति अल्बट्रो फुजिमोरी ,जो १९९० को दशकमा आफ्नो दशक लामो शासनकालमा मानव अधिकार हननको मुद्धामा परी २५ वर्षको जेल सजाय भोगीरहेका थिए, देशको सर्वोच्च अदालतले विवादस्पद २०१७ को माफी पुन स्थापित गरेपछी , लिमाको बारबाडिलो जेलबाट बुधवार रिहा भएका छन्।
जेलबाट रिहा हुँदै गर्दा बुढ्यौलिले गलिसकेका ८५ वर्षीय फुजिमोरिले मास्क लगाएका थिए। उनी उनका छोराछोरी केन्जी र केइको फुजिमोरी सँगै थिए ।
फुजिमोरी पेरुलाई आतंकवाद सँग लड्ने र अर्थतन्त्र बलियो बनाउने नेताका रूपमा चिनिन्छन् । जापानी आप्रवासिका छोरा फुजिमोरी सन् १९९० देखी २००० सम्म पेरुका राष्ट्रपति थिए । उनले पनि अन्य केहि पूर्व नेताहरु जस्तै पेरुवासी हरुलाई विभाजित गरेका थिए। उनकै कार्यकालमा दुईवटा ठूला हिंसा मच्चियेपछि उनको सरकार ढलेको थियो। ती हिंसामा ६९ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
पूर्व राष्ट्रपतिलाइ सन् २००९मा १९९१ देखि १९९२ भित्र २५ व्यक्तिको हत्याको आरोपमा दोषी ठहराइएको थियो।
आजकल उनी बारम्बार श्वासप्रश्वास, न्युरोलोजिकल र उच्च रक्तचापको समस्या बाट ग्रस्त छन् र उनलाई जिब्रोको क्यान्सर पनि छ।–एजेन्सी