एनसेल शेयर खरिद–बिक्री विवाद

एनसेल बिक्री प्रकरणको छानबिन गरी कारबाही गछौँ : प्रधानमन्त्री

मंगलबार, मंसिर १९, २०८०

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल बिक्री प्रकरणमा छानबिन गरी कारबाही गरिने बताएका छन् ।

महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विगतमा विभिन्न काण्ड मच्चाउनेहरूसँग सरकार कडा रूपमा प्रस्तुत भएको बताए।

“विगतमा विभिन्न काण्ड मच्चाउनेहरूसँग सरकार कडा रूपमा प्रस्तुत भएको छ । अहिले फेरि एनसेलको कुरा आएको छ । मैले सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन गरिसकेको छु । नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिदैन, छानबिन गरी कारबाही गरिन्छ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्