भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु

सोमबार, मंसिर १८, २०८०

काठमाडौं- भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको हो । पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन् । एसपी रोहिणीले दिएको जानकारी “यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो।

विमान भित्र दुई जना सवार थिए तिनमा एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए। विमानस्थलका कर्मचारी र क्लु टोली घटनास्थल पुगेका छन्। दमकलले आगो निभाइरहेको छ।” दुर्घटना बारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्