एमाले अध्यक्ष ओली पुगे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्र

सोमबार, मंसिर १८, २०८०

दैलेख - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पेट्रोलियम पदार्थ उत्खनन क्षेत्र पुगेका छन् ।

आज सोमबार बिहान दैलेखको भैरवी गाउँपालिका–१ स्थित दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।

अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गर्नुका साथै श्रीस्थान मन्दिरको पनि दर्शन पनि गरेका छन् ।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत एमालेले आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्