कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन सुरु

शनिबार, मंसिर १६, २०८०

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु भएको छ। बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिनसम्म चल्ने प्रदेश सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।

आइतबारसम्म चल्ने सम्मेलनमा सभापति देउवा,वरिष्ठ नेता डा. शेखर कोइराला,महामन्त्री गगनकुमार थापा,विश्वप्रकाश शर्मा,सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य  लगायतका नेताहरू र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सहित ६ वटै प्रदेशका सभापतिहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। सम्मेलनमा प्रदेशका ७ सय ५० बढी प्रतिनिधिहरूको सहभागिता रहेकाे छ।

उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, संगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् र ती प्रतिवेदनमाथि प्रतितिधिहरूको छलफलपछि आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताए।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्