बीवाइडीले बनायो ६० लाख ‘न्यू इनर्जी भेहिकल’

बिहीबार, मंसिर १४, २०८०

काठमाडौंँ– चिनियाँ ग्लोबल ब्राण्ड बीवाइडीले ६० लाख यूनिट न्यू इनर्जी भेहिकल उत्पादन पुरा गरेको छ ।

कम्पनीले आफ्नो ६० लाख औं यूनिटमा ‘फेङ चाङ बाओ’ सहायक ब्राण्डको बाओ-५ मोडलको उत्पादन गरेको हो ।

कम्पनीले ६० लाख यूनिट उत्पादन पुरा गरेको अवसरमा बनाएको बाओ-५ एक अफरोड एसयूभी हो । कम्पनीले पछिल्लो १० लाख यूनिट कार केबल तीन महिनामा उत्पादन पुरा गरेको हो ।

BYD_EV-60-lakhs-product-1701347796.jpg

बीवाइडीसँग अहिले चीनमा ९ वटा उत्पादन प्लान्ट रहेका छन् । कम्पनीले यी प्लान्टहरु चीनको फरक फरक राज्यमा बनाएको छ । साथै, बीवाइडीका उत्पादन अहिले विश्वका चीनसहित ५८ देशमा उपलब्ध छन् । कम्पनीले निकट भविष्यमा नै थाइल्याण्ड र ब्राजिलमा पनि प्लान्ट संचालनमा ल्याउने तयारी गरिरहेको छ ।

झण्डै १३ वर्षमा १० लाख यूनिट न्यू इनर्जी भेहिकल उत्पादन गरेको बीवाइडीले बाँकी ६० लाख यूनिट कार उत्पादन केबल ३० महिनामा अर्को ५० लाख यूनिट कार उत्पादन गरेको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्