संकल्प यात्राले सरकारी अकर्मण्यतालाई सही बाटोमा ल्याउँछ : ओली

बिहीबार, मंसिर १४, २०८०

काठमाडाैैं-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानले अराजक र अस्थिर भएको राजनीतिकलाई सही बाटोमा ल्याउने बताएका छन्।

बैतडीको झुलाघाटबाट बिहीबार बिहान अभियानको थालनी गर्दै उनले सरकारी अकर्मण्यता र ओरालो लागेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउने बताएका हुन्।

‘सरकारी अकर्मण्यता, अहिलेको देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीति यो सबै कुराहरूलाई सही बाटोमा ल्याउने सन्दर्भमा यो यात्राले चिन्तन, मननदेखि व्यवहारिक नीति र योजना निर्माण गर्नका लागि मद्दत पुर्‍याउन सक्छ भन्ने विश्वास लिएको छु,’उनले भने।

अध्यक्ष ओलीले पुस १ गतेसम्म चल्ने अभियानको सुरूमा मध्यपहाडी क्षेत्रका नागरिकको उत्साह देखेर आफू खुसी भएको उनले बताए।

‘झन्डोत्तोलन गरेरयात्रा प्रारम्भ गरिरहेको छौं। यो संवाद, अध्ययन र संकल्पको यात्रा हो, देशलाई समृद्ध बनाइ छाड्ने यात्रा हो,’ उनले भने, हिमाली भेग भन्दा तल र तराईभन्दा, माथिको यो क्षेत्रको कसरी विकास गर्न सकिन्छ, यहाँका जनशक्ति, स्वास्थ्य, रोजगारी, उत्पादनको बजारीकरण कसरी हुन्छ भन्ने खोजीको यात्रा हो,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्