माओवादीमा नारायणकाजीको बरियता खस्किने, बाबुराम बरिष्ठ नेता

बुधबार, मंसिर १३, २०८०

काठमाडौं - नेकपा माओवादी केन्द्रमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको बरियता खस्किने निश्चित भएको छ। 
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछिको बरियतामा रहेका श्रेष्ठ अब तेस्रो क्रममा रहनेछन्। माओवादीले नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेपछि त्यसका अध्यक्ष डा. बाबुराम भट्टराई अब प्रचण्डपछिका नेता हुनेछन्।

माओवादी र नेसपा एकताको सहमति भएको थियो। दुवै पार्टीले एकताको विषय अनुमोदन गरेका छन्।

यसअघि माओवादीमा रहँदा डा. भट्टराई दोस्रो बरियतामा नै रहेका थिए। ०६४ अघि र केही बर्ष भने मोहन वैद्य किरणको समूह विभाजनमा नगएको बेला भट्टराई तेस्रो वरियतामा थिए। 

माओवादीसँग एकीकरण गरी एकीकृत नेकपा माओवादी बनाउँदा श्रेष्ठ उपाध्यक्षसहित चौथो वरियतामा थिए। किरण र भट्टराई अलग भएपछि भने उनी हाल बरिष्ठ उपाध्यक्ष छन्।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्