Nic Ad Nic Ad
Nic Ad Nic Ad
सभापति देउवाको सम्बोधन

बालकृष्ण खाणले न्याय पाउनेमा विश्वस्त छु : सभापति देउवा

मंगलबार, मंसिर १२, २०८०

भैरहवा– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् । 

आज रुपन्देही कांग्रेसको प्रथम जिल्ला सम्मेलनलाई भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले खाणले अदालतबाट न्याय पाउने बताएका हुन् ।

सभापति देउवाले भने  ‘अदालतमा विचाराधीन रहेका कतिपय कुराहरूमा बोल्न मिल्दैन, तर खाणले न्याय पाउनेछन् ।’ उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा धेरै बोल्न उचित नहुने उल्लेख गर्दै खाणले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए । 

फरक प्रसंगमा सभापति देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्